News प्यालेस्टाईन जाने यु–२० महिला फुटबल टोलीको विदाई
गोलनेपाल

काठमाडौं । अर्को वर्ष उज्वेकिस्तानमा हुने एएफसी यु–२० महिला एसियन कपको छनौट प्रतियोगिता खेल्न जाने नेपाली यु–२० महिला फुटबल टोलीको विदाई गरिएको छ । आइतबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा एक कार्यक्रमको आयोजना गरि टोलीको विदाई गरिएको छ ।

यही फागुन २४ देखि २८ गतेसम्म प्यालेस्टाईनमा हुन गईरहेको छनौट प्रतियोगितामा नेपाल समूह बी मा परेको छ । जहाँ नेपाली टोलीले आयोजक प्यालेस्टाईन र नर्दन मारियाना आईल्याण्डसँग प्रतिस्पधाृ गर्नेछ ।

नेपालले आफ्नो पहिलो खेल फागुन २४ गतेका दिन प्यालेस्टाईनसँग खेल्नेछ भने दोस्रो खेल फागुन २८ गतेका दिन नर्दन मारियाना आइल्याण्डसँग खेल्ने कार्यक्रम छ ।

समूहको शिर्ष स्थान हासिल गर्ने टोली छनौट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गर्नेछ ।

 

Post Comments