News अनन्तको निर्णायक गोलले थ्रीस्टार तेस्रो स्थानमा
गोलनेपाल

काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा रुस्लान थ्रीस्टार क्लबले रोमाञ्चक र साँघुरो जित हात पारेको छ । शुक्रबार एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा थ्रीस्टारले संकटा क्लबलाई १–० ले हरायो ।

थं्रीस्टारको जितमा अनन्त तामाङ निर्णाय कबने । पहिलो हाफ गोलरहित बराबरी खेलेको दुवै टोलीले दोस्रो हाफमा भने थ्रीस्टारले गोलको खाता खोल्यो । ६१औं मिनटमा अनमार्क रहेका अनन्तले थ्रीस्टारका लागि एक मात्र निर्णायक गोल गरे ।

खेलमा थ्रीस्टारका कप्तान बिक्रम लामा म्यान अफ द म्याच घोषित भए । यो जितपछि ११ खेलबाट २० अंक जोडेको थ्रीस्टार लिगतालिकाको तेस्रो स्थानमा छ र दोस्रो स्थानमा रहेको मच्छिन्द्र भन्दा पाँच अंकले पछि छ । उता पराजित संकटा भने १५ अंकका साथ आठौं स्थानमा छ ।

Post Comments