News ए डिभिजन लिगमा बुधबार महिलाहरुलाई प्रवेश निःशुल्क
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगको मार्केटिङ्ग, डिजिटल, टिकटिङ्ग र ब्रोडकास्टिङ्ग अधिकार पाएको एमडीएसी स्पोर्टस् प्रा.लि.ले बुधबार महिलाहरुका लागि प्रवेश निःशुल्क गरेको छ ।

एमडीएसीले माच ८ गते नारी दिवसको अवसरमा महिला दर्शकहरुका लागि साधारण प्यारापिटतर्फ प्रवेश निःशुल्क गरिएको आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत जानकारी गराएको हो ।

स्मरण रहोस, लिग अन्तरगर्त बुधबार तीन खेलहरु हुँदै छन् । जसअन्तरगत दशरथ रंगशालामा दिनको २ः३० बजेदेखि नेपाल पुलिस क्लब र हिमालय शेर्पा क्लब भिड्दै छन् भने सोही समयमा च्यासल स्टेडियममा नेपाल एपिएफ क्लब र सातदोबाटो युथ क्लब भिड्ने छन् ।

त्यस्तै बेलुका ५ः३० बजेदेखि दशरथ रंगशालामा हुने खेलमा दुई हेभिवेट प्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दी क्लब र संकटा क्लब आमने सामने हुनेछन् ।

<iframe src="https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fsportsmdac%2Fposts%2Fpfbid02SwNYGgvXwtCLgPb6B5TauBBL4UPWX21ueExnANY6XA2wCYr2xxUBuP4omftmnk7tl&show_text=true&width=500" width="500" height="483" style="border:none;overflow:hidden" scrolling="no" frameborder="0" allowfullscreen="true" allow="autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share"></iframe>

Post Comments