News इण्डो–नेपाल भेट्रान्स कपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

मेचीनगर । काकरभिट्टा भेट्रान फुटबल क्लब, मेचीनगर–६, काकरभिट्टा, झापाको आयोजनामा यही फागुन २७ गतेदेखि इण्डो–नेपाल भेट्रान्स कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

मेचीनगर–६, झापास्थित काकरभिट्टा खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि पूरा भएको आयोजकले जानकारी दियो । साथै आयोजकले प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा दार्जिलिङ टाउन भेट्रान एफसी, भारत र बिराट भेट्रान एफसी, मोरङबीच हुनेछ ।

काकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरको सह–आयोजना तथा मेचीनगर नगरपालिकाको विशेष सहयोगमा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।

अन्य व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष गंगालाल गुरुङ्गले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिब १६ लाख ३० हजार खर्च हुने अनुमान गरिएको पनि अध्यक्ष गुरुङ्गले बताए ।

नेपाल र भारतका गरी कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल चैत्र ६ गतेका दिन हुनेछ ।

प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम रहेको छ । र प्रतियोगिताको सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।

Post Comments