News ए डिभिजन खेलाडी तिर्थ पनि विदेशिए
गोलनेपाल

काठमाडौं । नेपाली फुटबलको कमजोर ढाँचा र अनिश्चित भविष्यका कारण नेपाली फुटबल खेलाडीहरुको विदेशिने क्रम निरन्तर उकालो लागिरहेको छ । पछिल्लो केही वर्ष यता घरेलु र राष्ट्रिय फुटबलमा राम्रै छाप छाडेका फुटबल खेलाडीहरु विदेशिने क्रम निरन्तर बढीरहेको छ ।

विदेशिने खेलाडीहरुको यही सूचीमा तिर्थ राना मगर पनि थपिएका छन् । विभागीय टोली नेपाल पुलिस क्लबका लागि खेलिरहेका तिर्थ भर्खरै सुनिश्चित भविष्यका लागि युएई पुगेका छन् । उनले त्यहाँ आप्रवासी नेपालीहरु कै सक्रिय क्लब नखिल गुर्खाजका लागि फुटबल पनि खेल्नेछन् ।

स्मरण रहोस, अवुधाबीमा रहेको नखिल गुर्खाज क्लब मै पुलिस क्लबका पूर्व गोलरक्षक रोशन खड्का, आर्मीका विवेक बस्नेत पनि आवद्ध छन् ।

केही दिन अघि मात्र राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य तथा यसै सिजनका लागि संकटा क्लबमा आवद्ध मिडफिल्डर सुनिल बल पनि अष्ट्रेलिया प्रस्थान गरेका थिए ।

Post Comments