News लिगमा आजः शेर्पालाई खुमलटारको चुनौति, लगातार चौथो जितको खोजीमा सातदोबाटो
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ फागुन २९ गते सोमबार दुई खेलहरु हुँदै छन् । पहिलो खेलमा हिमालयन शेर्पा क्लब र नवप्रवेशी टोली खुमलटार एफसी भिड्दै छन् । च्यासल स्टेडियममा दिनको २ः३० बजेदेखि शुरु हुने खेलमा दुवै टोलीको लक्ष्य निश्चित जित हुनेछ ।

लिगतालिकामा ३ खेलमा १ जित, १ बराबरी र १ हारसहित चार अंक जोड्दै शेर्पा नवौं स्थानमा छ भने १ जित र २ हार बेहोरेको खुमलटार ३ अंकका साथ शेर्पाभन्दा एक स्थान तल दशौं स्थानमा छ । आजको खेलबाट यी दुवै टोलीको उद्देश्य लिगतालिकामा स्थान सुधार गर्नु पनि हुनेछ ।

त्यस्तै बेलुका ५ः३० बजे दशरथ रंगशालामा हुने खेलमा उत्कृष्ट लयमा देखिएको सातदोबाटो युथ क्लब र थ्रीस्टार क्लब भिड्ने छन् । जारी लिगमा ३ खेलबाट ३ जितसहित शतप्रतिशत नतिजा निकालेको सातदोबाटो लगातार चौथो जितको खोजीमा हुनेछ भने ३ खेलमा एक जित, एक हार र १ बराबरी खेलेको थ्रीस्टार दोस्रो जितको खोजीमा हुनेछ ।

 

Post Comments