News इटहरी गोल्डकप शुरु, सगरमाथाको विजयी शुरुवात
गोलनेपाल

इटहरी । शनिबारदेखि शुरु १३औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपमा सगरमाथा फुटबल क्लब, मोरङ्गले विजयी शुरुवात गरेको छ ।

इटहरी रंगशालामा भएको उद्घाटन खेलमा सगरमाथाले एभनिर एफसीलाई टाईब्रेकरमा हराउँदै विजयी शुरुवात गरेको हो । निर्धारित समयको प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरीमा टुंगिएपछि टाईब्रेकरमा सगरमाथाले नतिजा ४–३ ले आफ्नो पक्षमा पार्न सफल भएको हो ।

खेलमा सगरमाथाका मेसुके म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । साथै यो जितसँगै सगरमाथा प्रतियोगिताको सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तरगत चैत ५ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल चर्च ब्वाईज युनाइटेड क्लब र आयोजक राष्ट्रिय जागृति क्लब, इटहरीबीच हुने आयोजकले जानकारी दियो ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलले गरेका थिए ।

राष्ट्रिय जागृति क्लब, इटहरीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही चैत ११ गतेका दिन हुनेछ ।

Post Comments