News
लहानमा बागमतीको विजयी शुरुवात

लहान । लहान मेयर गोल्डकप नकआउट फुटबल प्रतियोगितामा बागमती युवा क्लब, सर्लाहीले विजयी शुरुवात गरेको छ । पशुपति आदर्श माविको खेलमैदानमा भएको उद्घाटन खेलमा बागमतीले माँ कामाख्या स्पोर्टस क्लब, बनारस (भारत) लाई ३–१ ले हराउँदै विजयी शुरुवात गरेको हो ।
यो जितसँगै बागमती सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत चैत २४ गतेको क्वाटरफाइनल खेल बिरगंज युनाइटेड र इटहरी शान्तिनगर फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।
हिम कस्तुरी युवा क्लब, लहान, सिरहाको आयोजना तथा लहान नगरपालिकाको मुख्य प्रायोजनमा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ ।
कुल ९ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल चैत ३० गतेका दिन हुनेछ ।
Post Comments