News लिगमा आज मनाङ र फ्रेण्डस भिड्दै, जावलाखेललाई खुमलटारको चुनौति
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ शुक्रबार दुई खेलहरु हुँदै छन् । च्यासल स्टेडियममा मनाङ मस्र्याङ्दी क्लबले फ्रेण्डसको सामना गर्दा एन्फा कम्प्लेक्स्मा खुमलटार र जावलाखेल भिड्ने छन् ।

लिगमा ५ खेलबाट ११ अंक जोडेको मनाङ चौथो स्थानमा छ । र आजको खेल जित्न सके शिर्षताको होडमा आफूलाई उभ्याउने छ । फ्रेण्डस भने हालसम्म एक मात्र जित निकालेर ४ अंकका साथ १२औं स्थानमा छ । र आज मनाङ विरुद्ध आफू अनुकुल नतिजा निकाल्दै स्थान सुधारको प्रयासमा हुनेछ ।

त्यस्तै एन्फा कम्लेक्समा हुने खेलमा नवप्रवेशी टोली खुमलटारले शिर्ष स्थानको टोली जावलाखेल विरुद्ध चुनौति पेश गर्नेछ । ६ खेलबाट १३ अंकका साथ शिर्ष स्थानमा रहेको जावलाखेल आज सोही शिर्षतालाई यथावत राख्न प्रयासरत रहनेछ । उता ६ अंकका साथ ११औं स्थानमा रहेको खुमलटार आज तेस्रो जित हात पार्दै लिगतालिकामा स्थान सुधार गर्ने उद्देश्यका साथ मैदानमा उत्रिनेछ ।

दुवै खेलहरु दिनको २ बजेदेखि शुरु हुने छन् ।

Post Comments