News सुपर कपमा किरनको टोली पञ्जाबको खराब शुरुवात
गोलनेपाल

काठमाडौं (एजेन्सी) । अल इण्डिया फुटबल फेडरेशन (एआईएफएफ) को आयोजनामा वार्षिक रुपमा आयोजना हुँदै आएको प्रतिष्ठित हिरो सुपर कपमा नेपालका नम्बर एक गोलरक्षक किरन चेम्जोङको टोली तथा आई लिग च्याम्पियन राउण्डग्लास पञ्जाब एफसीले खराब शुरुवात गरेको छ ।

प्रतियोगिताको समूह ए मा रहेको पञ्जाबले आफ्नो पहिलो खेलमा सुपर लिग क्लब केरला ब्लास्टर्ससँग ३–१ को हार बेहोरेको हो । समूह ए मै रहेको अर्को दुई टोली बैंगलुरु र श्रीनिदी डेक्कनले १–१ को बराबरी खेल्दै अंक बाँडे ।

पञ्चाबले आफ्नो आगामी खेल बुधबार पूर्व च्याम्पियन बैंगलुरु विरुद्ध खेल्नेछ । समूहको शिर्ष स्थान हासिल गर्ने टोली नकआउट चरणमा प्रवेश गर्नेछ ।

विविध कारणवश चार वर्षपछि पूनः सुचारु भएको प्रतियोगिताको गत संस्करण गोवाले जितेको थियो ।

Post Comments