News लिगमा आर्मीका कप्तान भरतको ५०औं गोल पूरा
गोलनेपाल

काठमाडौं । जारी कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा नेपाल आर्मी क्लबका कप्तान तथा राष्ट्रिय फुटबल टोलीका फरवार्ड भरत खवासले ५०औं गोलको कोशेढुंगा भेट्टाएका छ्न् ।

लिगतर्फ मंगलबार बिहान भएको बीबीसी विरुद्धको खेलमा भरतले खेल शुरु भएको पाँचों मिनटमै बक्स भित्रबाट हेड गोल गरे र आर्मीलाई खेलमा शुरुवाती अग्रता दिलाए ।

यद्यपि त्यो गोल भरतका लागि भने विशेष रह्यो । उनले त्यो गोल गरेसँगै ए डिभिजन लिगमा उनको त्यो ५०औं गोल थियो । जुन उनका लागि आफैमा एउटा खास उपलब्धी पनि थियो ।

स्मरण रहोस, भरतले यस सिजन जारी लिगमा कुल चार गोल गरिसकेका छन् ।

 

Post Comments