News एसइइ फुटसल कप हुँदै
गोलनेपाल

काठमाडौं । ब्राईट फ्युचर सेकेण्डरी स्कुल र स्पार्कल इन्टरनेशनल एजुकेशन इन्स्टिच्युटको संयुक्त आयोजनामा यही बैशाख ६ देखि ८ गतेसम्म भर्खरै एसइइ दिएर बसेका विद्यार्थीहरुको टोलीबीच एसइइ फुटसल कप हुने भएको छ ।

इच्छुक टोलीहरुका लागि यही बैशाख ५ गतेसम्म टिमदर्ता गर्ने अन्तिम मिति तोकिएको छ । साथै टिमदर्ता शुल्क ५ हजार रहेको पनि आयोजका अनुप मगरले जानकारी दिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीले २५ हजार प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीलाई १२ हजार र चौथो स्थान हासिल गर्ने टोलीलाई ६ हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकका अर्का सदस्य प्रेमराज गुरुङ्गले बताए ।

अन्य व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments