News एन्फाद्वारा थ्रीस्टार प्रशिक्षक केसीसँग स्पष्टीकरण माग (पत्रसहित)
गोलनेपाल

काठमाडौं । संस्थाको छवि मै आँच आउने किसिमको अभिव्यक्ति दिएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्रीस्टार क्लबका प्रशिक्षक मेघराज केसीसँग स्पष्टीकरण माग गर्दै पत्राचार गरेको छ ।

जारी शहिद स्मारक ए डिभिजन लिगतर्फ चैत २७ गते मनाङ र थ्रीस्टार बीचको खेल र यही बैशाख ४ गते थ्रीस्टार र चर्च ब्वाईजबीचको खेलपश्चात् आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक केसीले एन्फाको व्यवस्थापन र अन्य विविध पक्षबारे प्रतिक्रिया दिएका थिए ।

त्यसक्रममा उनले एन्फाले शहिद स्मारक ए डिभिजन लिग औपचारिकताका लागि मात्र आयोजना गरिएको, एन्फा चरम आर्थिक अभावमा रहेको, एन्फाले खेलका क्रममा पानी समेत उपलब्ध गराउन नसकेको र एन्फालाई आफूले आर्थिक सहयोग गर्न तयार रहेको लगायतका प्रतिक्रियाहरु दिएका थिए ।

यद्यपि प्रशिक्षक केसीको यस किसिमको प्रतिक्रियालाई लिएर एन्फा भने अहिले रुष्ट बनेको छ । साथै एन्फाले मंगलबार पत्र जारी गर्दै यसबारे प्रशिक्षक मेघराज केसीसँग ३ दिनभित्र लिखित स्पष्टीकरण समेत माग गरेको छ ।

हेर्नुहोस पत्रः

Post Comments