News आई लिगमा सरुको टिम किकस्टार्टको पहिलो जित
गोलनेपाल

काठमाडौं । हिरो इण्डियन वुमन्स लिगतर्फ नेपालकी चर्चित मिडफिल्डर सरु लिम्बु र रेनुका नगरकोटीको टिम किकस्टार्ट एफसीले पहिलो जित दर्ता गरेको छ । आफ्नो पहिलो खेलमा इष्टर्न स्र्पोटिङ युनियनसँग १–० ले पराजित किर्कस्टार्टले आइतबार भारतकी स्टार बालादेवीको कप्तानी रहेको ओडिसा एफसीमाथि २–० को जित निकाल्यो ।

अहमदाबाद स्थित शाही पुलिस स्टेडियममा भएको समूह बी तर्फको उक्त खेलमा किकस्टार्टका लागि किको एलिजावेथ र लाइश्रम विविचा देवीले गोल गरिन् । खेलमा किकस्टार्टका लागि सरु लिम्बुले पहिलो रोजाईमै अवसर पाए तापनि रेनकाु भने वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेकी थिईन् ।

त्यसैगरी आइतबार नै भएको समूह बी तर्फको अर्को खेलमा इष्टर्न स्र्पोटिङ युनियनले लगातार दोस्रो जित हात पार्ने क्रममा सेल्टिक क्वीन्स एफसीमाथि ३–० को प्रभावशाली जित निकाल्यो ।

Post Comments