News संकटा र जावलाखेलको बराबरी
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ शनिबार बर्षाले प्रभावित भई आइतबार सुचारु भएको संकटा क्लब र लिगलिडर जावलाखेल युथ क्लबबीचको खेल बराबरीमा सकिएको छ ।

च्यासल स्टेडियममा सम्पन्न खेलमा संकटा र जावलाखेलले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको ३४औं मिनटमा फोडे फोफनाको गोलबाट अग्रता बनाएको जावलाखेलले त्यसलाई जोगाउन सकेन । संकटाका लागि ७२औं मिनटमा निशान खड्काले बराबरी गोल फर्काएका थिए ।

स्मरण रहोस, शनिबार खेल बिथोलिंदासम्म जावलाखेलले १–० को अग्रता कायम राखेको थियो । तर आइतबार त्यो अग्रता गुमाउन पुग्यो । यो नतिजापछि १३ खेलबाट २४ अंक जोडेको जावलाखेल शिर्ष स्थान मै यथावत छ । उता संकटा भने १६ अंकका साथ ११औ. स्थानबाट स्थान सुधार गर्दै शिर्ष दशभित्र पर्न सफल भएको छ ।

Post Comments