News
राष्ट्रिय फुटबल खेलाडी अनिता केसीलाई मातृशोक

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी महत्वपूर्ण खेलाडी तथा मिडफिल्डर अनिता केसीलाई मातृशोक परेको छ । गोलनेपाललाई खबर प्राप्त भए अनुसार अनिताको आमाको उनको गृहजिल्ला रौतहटमा निधन भएको हो ।
अनिताले आफ्नी आमाको निधनबारे सामाजिक सञ्जालमार्फत पनि जानकारी गराएकी छिन् । उनले सामाजिक सञ्जालमा आमाको तस्विर पोष्ट गर्दै “मेरो मनमा हजुरको स्थान अरु कसैले लिन नसक्ने” भन्दै श्रद्धाञ्जली पनि अर्पण गरेकी छिन् ।
स्मरण रहोस, अनितजा राष्ट्रिय खेलाडी हुनुका साथै विभागीय टोली सशस्त्र प्रहरीमा पनि कार्यरत छिन् । साथै एपिएफ क्लब कै लागि व्यवसायीक फुटबल पनि खेल्दै आएकी छिन् ।
Post Comments
Related News
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)