News टेक्सासः आठौं नेपाली न्यु इयर कप हुने
गोलनेपाल

काठमाडौं । डिएफडब्ल्यु हिमालयज फुटबल क्लब, टेक्सासको आयोजनामा अमेरिकामा रहेका आप्रवासी नेपालीहरुबीच भाईचारा र आत्मियता कायम गर्ने उद्देश्यका साथ यही मई २० र २१ तारीखका दिन आठौं नेपाली न्यु इयर कप हुने भएको छ ।

२५औं वार्षिकोत्सव पूरा गरेको अवसरमा नेपाली सोसाइटी टेक्सास, अमेरिकासँगको सहकार्यमा आयोजना हुन गईरहेको प्रतियोगितामा खुला र भेट्रानतर्फ दुई फरक क्याटगोरीमा प्रतियोगिता आयोजना गरिने आयोजकले जनाएको छ ।

टेक्सास स्थित ओक ग्रोव पार्क सकर कम्प्लेक्समा हुने प्रतियोगिताका लागि खुलातर्फ १ हजार डलर र ३५ वर्ष माथिको भेट्रानर्फ ८ सय डलर टिमदर्ता शुल्क तोकिएको पनि आयोजकले जानकारी दियो । साथै टिमदर्ता गर्ने अन्तिम मिति यही मई १३ तारीखसम्म रहेको पनि आयोजकले जनाएको छ ।

त्यस्तै प्रतियोगिताको विजेताले खुलातर्फ उपाधिसहित १० हजार र भेट्रानतर्फ ४ हजार डलर प्राप्त गर्ने पनि आयोजकले जानकारी दियो । प्रतियोगिताको आधिकारिक मिडिया पार्टनगरमा गोलनेपाल डटकम पनि रहेको छ ।

Post Comments