News मच्छिन्द्र र चर्च ब्वाईज, एपिएफ र आर्मी भिड्दै
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ बुधबार दुई महत्वपूर्ण खेलहरु हुँदै छन् । एन्फा कम्प्लेक्स्मा ३ बजेदेखि शुरु हुने खेलमा मच्छिन्द्र फुटबल क्लब र चर्च ब्वाईज युनाइटेड क्लब भिड्दै छन् ।

१५ खेलबाट २७ अंकका साथ दोस्रो स्थानमा रहेको चर्च ब्वाईजले आज जित वा बराबरी नतिजा निकाले पनि लिगतालिकाको शिर्ष स्थानमा उक्लिने निश्चित छ । उता २४ अंकका साथ चौथो स्थानमा रहेको मच्छिन्द्रले पनि जित हात पारे शिर्षताको होडमा आफ्नो दावेदारीतालाई कायम राख्न सफल हुनेछ ।

दशरथ रंगशालामा ३ बजेदेखि नै शुरु हुने अर्को खेलमा दुई विभागीय एपिएफ र आर्मी भिड्दै छन् । १५ खेलबाट २१ अंकका साथ छैठौं स्थानमा रहेको आर्मीलाई पनि आजको खेल महत्वपूर्ण छ । त्यस्तै १९ अंकका साथ ११औं स्थानमा रहेको एपिएफले पनि आज जित हात पार्न सके आर्मीलाई उछिन्दै लिगतालिकाको माथिल्लो स्थानमा पुग्नेछ ।

शिर्ष पाँचका टोलीहरुलाई दबाब र चुनौति दिन एपिएफ र आर्मी दुवैलाई आजको खेल महत्वपूर्ण पनि छ ।

Post Comments