News नेम्वाङ पक्षबाट पनि अलग भए पाण्डे
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षका प्रमुख सल्लाहकार रुपमा रहेका नविन पाण्डेले वर्ष दिन नहुँदै आफ्नो पदबाट राजिनामा दिएका छन् । पाण्डेले एन्फामा फेरि पुरानै प्रवत्ती दोहोरिएको भन्दै राजिनामा दिएका हुन् ।

‘चेन्ज एन्फा’ अभियानमा सक्रिय सहभागिता जनाएका पाण्डेले एन्फाका पूर्व तथा वर्तमान अध्यक्षलाई एन्फाको शिर्ष स्थानमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए । एन्फाको नेतृत्वमा कर्मा हुँदा पनि पाण्डेले विदेश विभाग प्रमुख र अध्यक्षको प्रमुख सल्लाहकारमा रहेर काम गरेका थिए । तत्कालिन शेर्पाको नेतृत्वमा पनि फुटबल किासका लागि चित्तबुझ्दो काम नभएको भन्दै आठ महिना मै उनले राजिनामा दिएका थिए ।

गत वर्ष एन्फाको अध्यक्षमा नेम्वाङ निर्वाचित भएपछि एन्फाको अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा पाण्डेलाई मनोनयन गरिएको थियो । तर जर्मन नागरिक र गैरआवासीय नेपालीलाई महत्वपूर्ण जिम्मेवारी दिएको भन्दै एन्फाको यो निर्णयप्रति चर्को विरोध र आलोचना हुँदा पछि पाण्डेलाई एन्फा अध्यक्षको सल्लाहकारमा मनोनयन गरिएको थियो ।

तर नेम्वाङको कार्यकालमा पनि उनले आफ्नो पदबाट राजिनामा दिएका छन् । पाण्डेले विगतको बेतिथी र अव्यवस्थापनमा सुधार गर्दै नेपाली फुटबलमा परिवर्तन आउने सम्भावना नदेखेपछि पदमा रहीरहने आफ्नो नैतिकताले नदिएकै करण राजिनामा दिन बाध्य बनेको बताइएको छ ।

Post Comments