काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले युथ–१६ ए डिभिजन लिग गर्ने तयारी गरेको छ । पछिल्लो समय बिबादमा तानिएको एन्फाले अहिले युथ फुटबलको बिकासको लागी तिब्र रुपमा तयारी थालेको छ ।
यस अघिको कार्यसमितिले संचालन गरेको ए डिभिजनका युथ खेलाडीको एकेडेमी खर्च यस बर्षबाट एन्फाले शुल्क नतिर्ने कुराले एन्फा बिबादमा तानिएको थियो । त्यस लगतै एन्फाले आफ्नो निर्णय सच्याउदै उक्त खेलाडीहरुको सम्झौतालाई निरन्तरता दिएको थियो ।
बैशाख २५ गते बसेको एन्फाको आकस्मिक बैठकले एन्फा अन्र्तगत स्थानिय सरकार तथा सरोकारवालाहरु संगको सहकार्यमा न्युनतम ३ वटा महिला एकेडेमी र २ वटा पुरुष र ६ वटा क्लबहरुले सुरु गरेको एकेडेमी निरन्तर संचालन गर्ने आकस्मिक बैठकले निर्णय समेत गरेको छ ।
पहिलो चरणको छलफल सकिएको र अब दोस्रो चरणको छलफल पश्चात युथ–१६ ए डिभिजन लिग फुटबल प्रतियोगिताको मिति तोक्ने तयारी भईरहेको एक क्लबका पदाधिकारीले जानकारी दिए ।
पछिल्लो समय युथ लेभलको कुनै पनि प्रतियोगिता नहुदा खेलाडीमा निराशता छाएको थियो । अहिले आएर यो निर्णयले खेलाडीहरुमा उत्साह छाएको छ ।
(फाइल तस्विर)
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान