News सरुको किकस्टार्ट र अन्जिलाको सेथु रोकिए, अनिताको टोली पराजित
गोलनेपाल

काठमाडौं । हिरो इण्डियन वुमन्स लिगतर्फ सरु लिम्बु र रेनुका नगरकोटीको टोली किकस्टार्ट एफसी तथा अन्जिला तुम्बापो सुब्बाको टोली सेथु एफसीले बराबरी खेल्दै अंक बाँडेका छन् । अहमदाबाद स्थित ट्रान्सस्टाडियामा भएको समूह बी तर्फको छैठौ खेलमा किकस्टार्ट र सेथुले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

यो नतिजापछि ६ खेलबाट १६ अंक जोडेको सेथु समूह बी को शिर्ष स्थान मै छ । उता किकस्टार्ट भने १३ अंकका साथ तेस्रो स्थानमा छ । त्यस्तै बुधबार नै सेल्टिक क्वीन्स एफसीमाथि ०–३ को जित निकालेको ओडिसा एफसी १५ अंकका साथ दोस्रो स्थानमा छ ।

समूह बी तर्फ कै अन्य खेलहरुमा अनिता बस्नेतको टोली लर्डस एफएले चर्चिल ब्रदर्श एफसीसँग १–३ ले पराजित भएको छ । यो नतिजापछि ६ खेलबाट ३ अंक मात्र जोडेको लर्डस एर्फ समूह बी को छैठौं स्थानमा छ । पहिलो जित हात पारेको चर्चिल ब्रदर्श भने समान अंकका साथ सातौं स्थानमा छ ।

त्यसैगरी समूह बी तर्फ कै अर्को खेलमा इष्टर्न स्र्पोटिङले सेन्ट्रल रिजर्भ पुलिस फोर्सलाई १–० ले हरायो । यो जितपछि १२ अंक जोडेको इष्टर्न स्र्पोटिङ समूह बी को चौथो स्थानमा छ । पराजित सेन्ट्रल रिजर्भ पुलिस फोर्स भने ७ अंकका साथ पाँचौं स्थानमा छ ।

Post Comments