News झापा: तेस्रो न्यू स्टार गोल्डकपमा बराह एघार DSA भुटान सँग भिड्दै
रमेश समदर्शी

तेस्रो न्यू स्टार अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा आज एक खेल हुँदैछ ।

बिर्तामोड ७ खोपबाडीस्थित सुन्दरडाँडा खेलमैदानमा बराह एघार DSA भुटान सँग खेल्दैछ ।

क्लबका अध्यक्ष कृष्णप्रसाद लिम्बूका अनुसार गोल्डकपमा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहेको छ ।

गोल्डकपको उपविजेताले नगद १ लाख १ हजार र ट्रफीमा चित्त बुझाउनु पर्नेछ । यस्तै, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, गोल्डकपकै उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीले जनही ५-५ हजार पाउने अध्यक्ष लिम्बूले जानकारी दिए ।

यस्तै, प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद ३ हजारसहित ट्रफी पाउँदा फाइनल खेलको म्यान अफ दी म्याचले नगद ५ हजार ट्रफी पाउने छ ।

जेठ ६ गते फाइनल खेल हुने गोल्डकपको प्रत्यक्ष प्रशारण गोलनेपाल डटकमबाट हुनेछ ।

Post Comments