News चर्चित खप्तड गोल्डकपको खेलतालिका सार्वजनिक
गोलनेपाल

कैलाली । सुदुरपश्चिम–११ स्पोर्टस् क्लब, धनगढीको आयोजनामा यहि फागुन ९ गतेदेखि शुरु हुन गईरहेको चर्चित चौथो नेपाल आइस सुदुरपश्चिम खप्तड गोल्डकपको खेलतालिका सार्वजनिक गरिएको छ ।

धनगढी रंगशालामा हुन गईरहेको प्रतियोगिताको सम्पूर्ण तयारी पनि पूरा भईसकेको आयोजक क्लबका महाससचिव प्रकाश शाहीले जानकारी दिए । धनगढी रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेल बागमती क्लब, सर्लाही र कञ्चनजंघा एफसी, भारतबीच हुनेछ ।

प्रतियोगितामा यसपटक पनि बिदेशी टोलीका रुपमा कोबा एफसी, क्यामरुनले सहभागिता जनाउँदैछ । स्मरण रहोस, यसअघि गत वर्ष दाफिन्स एफसी, क्यामरुनले मोफसलका अधिकांश प्रतियोगितामा हावी भएर सनसनी मच्याएको थियो ।

त्यतिबेला नेपालमा दाफिन्सको सहभागिता पनि आलोचनाको घेरामा समेत परेको थियो । ृउता नेपालको घरेलु फुटबलमा सहभागिता जनाउने बिदेशी क्लबले एन्फासँग अनिवार्य स्वीकृति लिनुपर्ने बताएको थियो ।

यहि फागुन २० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २१ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ ।

 

Post Comments