News निशानको गोलले मनाङलाई तेस्रो स्थान
गोलनेपाल

काठमाडौं । मनाङ मस्र्याङ्दी क्लबले जारी कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।

शुक्रबार एन्फा कम्प्लेक्समा भएको तेस्रो खेलमा मनाङले जावलाखेलमाथि १–० को कठिन जित निकाल्दै लिगमा तेस्रो स्थान हासिल गर्दै सुखद समापन गर्न सफल भयो ।

मनाङका लागि ७५औं मिनटमा निशान लिम्बुले एक मात्र निर्णायक गोल गरे । यो जितसँगै १३ खेलबाट २८ अंक जोडेको मनाङ तेस्रो स्थानमा रह्यो । उता शुक्रबार नै च्यासललाई हराएको थ्रीस्टार भने २६ अंकका साथ चौथो स्थान रह्यो ।

समरण रहोस, यसअघि केही छिनका लागि भए पनि थ्रीस्टार तेस्रो स्थानमा थियो । र तेस्रो स्थानका लागि मनाङको नतिजाको पर्खाइमा थियो । तर मनाङ विजयी बन्दा थ्रीस्टारको तेस्रो स्थानमा रहेर लिगको समापन गर्ने योजना असफल भयो ।

उता पराजित जावलाखेलले भने १९ अंकका साथ छैंटौ स्थानमा रहेर लिगको समापन गरेको छ ।

Post Comments