News फिफा र एएफसीको डेलिगेशन टोली नेपालमा
गोलनेपाल

काठमाडौं । नेपाल आएको विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एएफसीको डेलिगेशन टोलीले एन्फाको पदाधिकारी तथा विभिन्न समितिहरुसँग भेटघाट र समसामयिक विषयमा संवाद गरेको छ ।

डेलिगेशन टोलीको फिफा प्रतिनिधिका रुपमा अहमद हराज र प्रिन्स रुफुस रहेका छन् भने एएफसी प्रतिनिधीका रुपमा सोनाम जिग्मी र डिनिस डि सिल्वा रहेको एन्फाले जनाएको छ ।

साथै डेलिगेशन टोलीको दुई दिने नेपाल भ्रमण सकरात्मक रहेको पनि एन्फाले जानकारी दियो । डेलिगेशन टोलीले एन्फाको कार्यक्रमहरु सन्तोषजनक रहेको भन्दै प्रशंसा गरेको समेत एन्फाले जनाएको छ । साथै फुटबल विकासका लागि एन्फालाई आउने दिनहरुमा पिफा र एएफसीबाट थप सहयोग र समर्थन मिल्ने आश्वासन समेत प्राप्त भएको बताइएको छ ।

त्यस्तै सोही अवसरमा एन्फाको विभिन्न समितिहरुको पदाधिकारीहरुसँग पनि डेलिगेशन टोलीले भेटघाट गरी विविध विषयमा आवश्यक छलफल गरिएको पनि एन्फा महासचिव किरन राईले बताए । समग्रमा फिफा तथा एएफसीको डडेलिगेशन टोलीको नेपाल भ्रमण सकरात्मक रहेको पनि महासचिव राईले जानकारी दिए ।

त्यसैगरी फिफाले एन्फामाथि लगाएको आर्थिक प्रतिवन्ध फुकुवा गर्नेबारे पनि आवश्यक छलफल भएको एन्फा स्रोतले जनाएको छ । स्मरणीय छ, फिफाले सन् २०२१ देखि एन्फामाथि आर्थिक सहयोगमा प्रतिवन्ध लगाएको छ । जसको कारण पनि एन्फा थप आर्थिक मारमा परेको बताइएको छ ।

एन्फाको विभिन्न आन्तरिक तथा बाहिरी कार्यक्रम तथा गतिविधीहरुमा सहयोग पुर्याउन डेलिगेशन डेलिगेशन टोली नेपाल आएको बताइएको छ । स्मरण रहोस, केही महिना अघि सम्पन्न ७३औं फिफा कंग्रेसमा सहभागि हुन पुगेका एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरन राईको विशेष निम्तो र आग्रहलाई स्वीकार्दै डेलिगेशन नेपाल आएको एन्फाले जानकारी दियो ।

 

Post Comments