News लिगमा आज शिर्ष तीनका टोलीहरुको खेल एक साथ
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ आजदेखि शुरु हुन गईरहेको २२औं चरणको शुरुवाती तीन खेलहरुमा लिगतालिकाको शिर्ष तीनमा रहेका टोलीहरु भिड्दै छन् ।

दिनको २ बजेदेखि दशरथ रंगशालामा शुरु हुन गईरहेको खेलमा २१ खेलबाट ३४ अंकका साथ तेस्रो स्थानमा रहेको जावलाखेलले २६ अंकका साथ आठौं स्थानमा रहेको एपिएफ फुटबल क्लबको सामना गर्दैछ ।

त्यस्तै च्यासल स्टेडियममा ३ बजेदेखि शुरु हुने खेलमा ३५ अंकका साथ दोस्रो स्थानमा रहेको मच्छिन्द्र फुटबल क्लबले २९ अंकका साथ चौथो स्थानमा रहेको बलियो त्रिभुवन आर्मी फुटबल क्लबसँग खेल्दैछ ।

त्यसैगरी दिनको अन्तिम खेलमा बेलुका ६ बजेदेखि दशरथ रंगशालामा ३८ अंकका साथ शिर्ष स्थानमा रहेको लिगलिडर चर्च ब्वाईज युनाइटेडले २३ अंकका साथ रेलिगेशन क्षेत्रको १३औं स्थानमा संघर्षरत टोली संकटा क्लबसँग खेल्ने कार्यक्रम छ ।

लिगमा आज हुने तीनै खेलहरु महत्वपूर्ण छन् । कसैलाई शिर्षताको होड महत्वपूर्ण छ भने कसैलाई रेलिगेशन क्षेत्रबाट बाहिर निस्किने दबाब ।

Post Comments