News सहज जितका साथ फूलबारी फाइनलमा
सुरज राना मगर

भलुही । उत्कृष्ट जित हात पार्दै फूलबारी गाईज, बुटवल यहाँ जारी प्रथम वार्ड अध्यक्ष कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको फाइनमा प्रवेश गरेको छ ।

देवदह–१०, भलुही स्थित बयरडाँडा खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा फूलबारीले गुडमर्निङ एफसीमाथि शून्यका विरुद्ध ४ गोलको जित निकाल्दै उपाधि नजिक पुगेको हो । फूलबारीको जितमा शरद क्षेत्रीले दुई गोल गरे भने एमोस पुन र सुजन रानाले थप एक–एक गोल गरे ।

खेलमा म्यान अफ द म्याच भने पराजित टोली गुडमर्निङ एफसीका अनुप गुरुङ घोषित भए । प्रतियोगिता अन्तरगत जेठ १४ गते आइतबारको दोस्रो सेमिफाइनल खेल आयोजक बुद्ध स्पोर्टस क्लब र सिद्धार्थ एफसीबीच हुने आयोजकले जानकारी दियो ।

बुद्ध स्पोर्टस क्लब, देवदह–१०, भलुहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो । फाइनल खेल यही जेठ १६ गतेका दिन हुनेछ ।

Post Comments