News मधेश प्रदेशमा कार्की, सुदुरपश्चिम प्रदेशमा श्रेष्ठ निर्विरोध
गोलनेपाल

रौतहट । अखिल नेपाल फुटबल संघ (एन्फा) मातहत मै रहेको मधेश प्रदेश फुटबल संघको अध्यक्षमा नेपाल कार्की निर्विरोध चयन भएका छन् । मधेश प्रदेश फुटबल संघको यही जेठ १३ गते शनिबार सम्पन्न साधारणसभामा अन्य उम्मेदवारी नपरेपछि कार्की निर्विरोध अध्यक्ष पदमा चयन भएका हुन् ।

त्यस्तै संघको उपाध्यक्षमा विजय कुमार गुप्ता, सुमन श्रेष्ठ र राजदेव प्रसाद शाह रहेका छन् । महिला सदस्यमा भने ललिता कुमारी चौधरी रहेकी छिन् । त्यस्तै संघको अन्य सदस्यहरुमा राजिप कुमार यादव, राजेश कुमार पटेल, बाबुराम दाहाल, शम्भु चौधरी, संजय कुमार मण्डल, उदय श्रेष्ठ (रामकृष्ण), राजकिशोर धामी, रमेश कुमार श्रेष्ठ, सुरेश खड्का र ङ्गीमा लामा (दिपक) रहेका छन् ।

सो अवसरमा एन्फाका केन्द्रिय उपाध्यक्ष दावा लामाको पनि उपस्थिति रहेको थियो ।

सुदुरपश्चिममा दिनेश कुमार श्रेष्ठको नेतृत्व

त्यस्तै सुदुरपश्चिम प्रदेश फुटबल संघको अध्यक्षमा दिनेश कुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् । संघको उपाध्यक्षमा राघवेन्द्र कार्की, तेज बहादुर चन्द र खेम बहादुर रावत रहेका छन् । महिला सदस्यमा भने मिना कुँवर चयन भएकी छिन् ।

त्यसैगरी अन्य सदस्यहरुमा दिनेश मल्ल, गोपाल चन्द, धिरज चन्द, धिरज बोहरा, हेमकृष्ण रंजितकार, नृप बुढा, ठक्कर देउवा, दिपेन्द्र बहादुर सिंह, दिनेश कलेल र गोरख रोकाया रहेका छन् ।

सो कार्यक्रममा एन्फाका कार्यसमिति सदस्यद्वय रबिन्द्र चन्द तथा अनिल मल्लको पनि उपस्थिति रहेको थियो ।

 

 

 

Post Comments