News लक्ष्मी र माडी माविको विजयी शुरुवात
गोलनेपाल

माडी । छैठौं स्व. भुवानी पौडेल स्मृति अन्तरविद्यालय नकआउट फुटबल प्रतियोगितामा लक्ष्मी मावि, जगतपुर र माडी मावि, माडीले विजयी शुरुवात गरेका छन् ।

बसन्तपुरको खुला मैदानमा भएको उद्घाटन खेलमा लक्ष्मी माविले खैरहनी माविलाई २–१ ले हरायो । खेलमा लक्ष्मी माविका अभिषेक नेपाली म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दिनको दोस्रो खेलमा माडी माविले कृष्णनगर माविलाई शून्यका विरुद्ध ६ गोलको फराकिलो अन्तरले हरायो । खेलमा माडी माविका उज्ज्वल महतो म्यान अफ द म्याच घोषित भए ।

इमेज बसन्तपुर युनाइटेड क्लबको आयोजना र दिवाकर स्मृति माध्यमिक विद्यालयको सह(आयोजनामा शुरु प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच स्व. भुवानी पौडेलका छोरा एवं नेकपाका केन्द्रीय नेता सन्देश पौडेलले गरेका थिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजार हात पार्नेछ भने उपविजेताले १० हजार प्राप्त गर्नेछ । कुल १५ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यही जेठ २३ गतेका दिन हुनेछ ।

Post Comments