News अष्ट्रेलिया फर्किए जगजित
गोलनेपाल

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबका लागि शहिद स्मारक ए डिभिजन लिग खेलिरहेका अनुभवी मिडफिल्डर जगजित श्रेष्ठ लिग बिचैमा छाडेर अष्ट्रेलिया फर्किएका छन् ।

लिगमा कुल १४ म्याच खेल्दै दुई गोल समेत गरेका जगजितले व्यक्तिगत कारण जनाउँदै अष्ट्रेलिया फर्किएका हुन् । जगजितले आफू अष्ट्रेलिया फर्किने कुरा सामाजिक सञ्जालमार्फत पनि जानकारी गराएका थिए । उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘केहि ब्यक्तिगत पारीवारिक कारणले गर्दा लिग सकिन ५ खेल अगावै अस्ट्रेलिया फर्किन पर्यो । सबै समर्थक सामु माफी चाहन्छु । चाडै भेटमला ।’

स्मरण रहोस, पछिल्लो समय अष्ट्रेलिया मै परिवारसँग रहेका जगजित लिग खेल्न कै लागि नेपाल फर्किएका थिए ।

Post Comments