News प्लानिङ ब्वाईज उपाधि नजिक
गोलनेपाल

दुहबी । प्लानिङ ब्वाईज युनाइटेड, काठमाडौं जारी नवौं भलुवा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलतर्फ प्लानिङ ब्वाईजले झापा फुटबल क्लब, झापालाई १–० ले हराउँदै उपाधि नजिक पुगेको हो ।

भलुवा फुटबल मैदानमा भएको खेलको ३७औं मिनटमा संजिव लामाले गरेको एक मात्र गोल प्लानिङ ब्वाईजलाई फाइनलमा पुर्याउन निर्णायक बन्यो । निर्णायक गोलकर्ता संजिव लामा नै खेलको म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार र मेडल हात पारे ।

खेलका क्रममा झापाका प्रशिक्षक अंगुर कुमार खड्गीले अनुशासन पालना नगरेपछि दोस्रो हाफको ७४औं मिनटमा रेफ्रीले उनलाई रातो कार्ड समेत देखाएका थिए ।

प्लानिङ ब्वाईजले अब जेठ २० गते हुने फाइनलमा सलहेश युथ क्लब, सिरहासँग उपाधिका लागि भिड्ने छ । गोल्डेन स्टार युथ क्लब, दुहबी–७, भलुवा, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ ।

Post Comments