News छैठौं स्व. भुवानी पौडेल स्मृति कपः अमर, प्रेमवस्ती र सोमेश्वर माविको जित
गोलनेपाल

माडी । छैठौं स्व. भुवानी पौडेल स्मृति कप अन्तरविद्यालय फुटबल प्रतियोगितामा शुक्रबार अमर उच्च मावि, प्रेमवस्ती मावि र सोमेश्वर माविले जित हात पारेका छन् ।

बसन्तपुर बजार खेलमैदानमा भएको पहिलो खेलमा अमर उच्च माविले जनजिवन माविलाई २–१ ले हरायो । खेलमा अमर उच्च माविका रितेश सुनार म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दिनको दोस्रो खेलमा प्रेमवस्ती माविले जनकल्याण माविलाई टाईब्रेकरमा ५–४ ले हरायो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा प्रेमवस्तीका उत्सव दुरा म्यान अफ द म्याच चुनिए ।

त्यसैगरी तेस्रो खेलमा सोमेश्वर माविले शहिद स्मृति माविलाई टाईब्रेकर मै ४–३ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । खेलमा सोमेश्वरका आशिष महतो म्यान अफ द म्याच घोषित भए ।

शुक्रबार जित हात पारेका तीनै टोली क्वाटरफाइनलमा प्रवेश गरेका छन् । साथै शनिबारदेखि क्वाटरफाइनल खेलहरु शुरु हुने खेल संयोजक नविन बस्यालले जानकारी दिए ।

इमेज बसन्तपुर युनाइटेड क्लबको आयोजना तथा दिवाकर स्मृति माविको सह–आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित २० हजार हात पार्नेछ भने उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही जेठ २३ गतेका दिन हुनेछ ।

Post Comments