News साफको तयारीमा व्यस्त भुटान, भारत मै मैत्रीपूर्ण म्याच खेल्ने
गोलनेपाल

काठमाडौं । नेपाल मै सम्पन्न प्रधानमन्त्री थ्री नेशन्स कप खेलेपछि स्वदेश फर्किएको भुटानी फुटबल टोली आउँदै गरेको प्रतिष्ठित १४औं साफ च्याम्पियनसिपका लागि गृहमैदानमा व्यस्त छ ।

नेशनल स्टेडियमा चाङलिमिथाङ मै रहेको मिनी पिच आरटिसी एस्ट्रो टर्फमा अभ्यास गरिरहेको भुटानी टोली १४ जुनका दिन कोलकाता जाने कार्यक्रम रहेको भुटान एफएले जनाएको छ । भुटानले कोलकातामा मैत्रीपूर्ण म्याच खेल्ने कार्यक्रम पनि रहेको एफएले जानकारी दियो ।

त्यसपश्चात भुटानी टोली १९ जुनका लागि साफ खेल्न बैंगलोर प्रस्थान गर्नेछ । स्मरण रहोस, यही जुन २१ तारीखदेखि भारतको बैंगलोरमा शुरु हुन गईरहेको साफ च्याम्पियनसिपतर्फ भुटान, लेबनान, माल्दिभ्स र बंगलादेश समूह बी मा रहेका छन् । भुटानले जुन २२ तारीखका दिन माल्दिभ्सँग ेखेल्ने कार्यक्रम छ ।

समूह ए मा भने डिफेन्डिङ च्याम्पियन तथा आयोजक भारतसँगै कुवेत, नेपाल र पाकिस्तान रहेका छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । 

Post Comments