News प्लानिङ ब्वाईजलाई भलुवा गोल्डकपको उपाधि
गोलनेपाल

दुहबी । शनिबार सम्पनन नवौं भलुवा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि प्लानिङ ब्वाईज युनाइटेड, काठमाडौंले जितेको छ ।

भलुवा फुटबल मैदानमा सम्पन्न फाइनलमा सलहेश युवा क्लब, सिरहालाई ३–१ ले हराउँदै प्लानिङ ब्वाईज च्याम्पियन्स बनेको हो ।

विजेता बनेको प्लानिङ ब्वाईजले उपाधिसहित नगद ४ लाख हात पार्यो भने उपविजेता सलहेशले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

गोल्डेन स्टार युथ क्लब, दुहबी–७, भलुवा, सुनसरीको आयोजनामा जेठ ११ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments