News लिगमा आज चार खेल, रेलिगेशनदेखि शिर्षताको भिडन्त
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगको २४औं चरणको खेलतर्फ आइतबार चार महत्वपूर्ण खेलहरु हुँदैछन् । च्यासल स्टेडियममा ३ बजेदेखि हुने खेलमा ३९ अंकका साथ दोस्रो स्थानमा रहेको मच्छिन्द्र फुटबल क्लबले ३४ अंकका साथ चौथो स्थानमा रहेको नेपाल पुलिस क्लबको सामना गर्दैछ । लिग उपाधि होड हायम राख्न मच्छिन्द्रलाई आजको खेल जित्नैपर्ने दबाब पनि छ ।

एन्फा कम्प्लेक्समा ३ बजेदेखि शुरु हुने अर्को खेलमा २४ अंकका साथ पुछारमा रहेको एफसी खुमलटारले २७ अंकका साथ रेलिगेशन क्षेत्र नजिक १२औं स्थानमा संघर्षत गरिरहेको संकटा क्लबसँग खेल्नेछ । यो खेल पनि यी दुवै टोलीका लागि महत्वपुर्ण छ ।

त्यस्तै ३ बजेदेखि नै दशरथ रंगशालामा हुने अर्को खेलमा २९ अंकका साथ दशौं स्थानमा रहेको एनआरटी र ३० अंकका साथ आठौं स्थानमा रहेको हिमालयन शेर्पा क्लब पनि भिड्दै छन् ।

त्यस्तै दिनको अन्तिम खेलमा ६ बजेदेखि दशरथ रंगशालामा हुने खेलमा २५ अंकका साथ रेलिगेशन क्षेत्रको १३औं स्थानमा रहेको फ्रेण्डसले ३१ अंकका साथ छैठौं स्थानमा रहेको मनाङ मस्र्याङ्दी क्लबको सामना गर्दैछ । यो खेल पनि दुवै टोलीका लागि महत्वपूर्ण छ । खासगरी रेलिगेशनबाट जोगिन फ्रेण्डसलाई आज निश्चित जितको खाँचो छ ।

Post Comments