News अमर मावि र प्रेमवस्ती सेमिफाइनलमा
गोलनेपाल

माडी । अमर मावि र प्रेमवस्ती मावि यहाँ जारी छैठौं स्व. भुवानी पौडेल स्मृति कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बसन्तपुर बजारको खुला मैदानमा आइतबार भएको तेस्रो क्वाटरफाइनलमा अमर माविले विद्या ज्योति इङलिस बोर्डिङ स्कुललाई २–१ ले हरायो । खेलमा अमर माविका पुकार महतो म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै आइतबार नै भएको अन्तिम तथा चौथो क्वाटरफाइनलतर्फ प्रेमवस्ती माविले सोमेश्वर माविलाई ३–१ ले हरायो । खेलमा प्रेमवस्तीका काशिष गुरुङ म्यान अफ द म्याच चुनिए ।

आइतबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । प्रतियोगिता अन्तरगत जेठ २२ गते सोमबार पहिलो सेमिफाइनलतर्फ ३ बजे दिवाकर मावि र माडी मावि भिड्ने छन् भने दोस्रो सेमिफाइनलतर्फ ४ः३० बजे अमर मावि र प्रेमवस्ती मावि भिड्ने खेल संयोजक नविन बस्यालले जानकारी दिए । 

इमेज बसन्तपुर युनाइटेड क्लबको आयोजना तथा दिवाकर स्मृति माविको सह–आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजार हात पार्नेछ भने उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक नविन बस्यालले बताए । फाइनल खेल यही जेठ २३ गतेका दिन हुनेछ ।

Post Comments