News साफ खेल्ने नेपालको फाइनल स्क्वाड घोषणा
गोलनेपाल

काठमाडौं । प्रतिष्ठित १४औं साफ च्याम्पियनसिप खेल्ने नेपालको फाइनल स्क्वाड घोषणा गरिएको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो ऐनेसले बिहीबार २३ सदस्यीय फाइनल स्क्वाड घोषणा गरेका हुन् ।

टोलीमा यसपटक उदाउँदा नयाँ अनुहारका रुपमा जावलाखेलका युवा डिफेन्डर सिमान्त थापा तथा थ्रीस्टार क्लबका उदीयमान मिडफिल्डर लाकेन लिम्बुले पनि स्थान बनाउन सफल भएका छन् ।

त्यसवाहेक चर्च ब्वाईजका लागि यस सिजन उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई ऐतिहासिक लिग च्याम्पियन बनाएका अर्का युवा फरवार्ड आशिष चौधरी पनि नेपालको फाइनल स्क्वाडमा पर्न सफल भएका छन् ।

स्मरण रहोस, यही जुन २१ तारीखदेखि भारतको बंगलोरमा शुरु हुन गईरहेको साफ चयाम्पियनसिपमा नेपाल आयोजक तथा साविक विजेता भारत, कुवेत र पाकिस्तानसँगै समूह ए मा परेको छ ।

नेपालले आफ्नो पहिलो खेल जुन २१ तारीखका दिन कुवेतसँग खेल्नेछ भने २४ तारीखका दिन भारत र २७ तारीखका दिन पाकिस्तानसँग खेल्ने कार्यक्रम छ । समूह बी मा लेबनान, बंगलादेश, माल्दिभ्स र भुटान छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

तयसबाहेक नेपालले यही १५ जुनका लागि मनिलामा घरेलु टोली फिलिपिन्ससँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने कार्यक्रम पनि छ ।

नेपालको फाइनल स्क्वाडः

गोलकिपर्सः किरन चेम्जोङ, दिप कार्की, बिशाल श्रेष्ठ

डिफेन्डर्सः बिमल पाण्डे, सनिस श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द, सिमान्त थापा

मिडफिल्डर्सः पुजन उपरकोटी, एरिक बिष्ट, नबिन लामा, मणि कुमार लामा, लाकेन लिम्बु, आवास लामिछाने

फरवार्डसः आयुष घलान, नवयुग श्रेष्ठ, दिपकराज सिंह ठकुरी, अन्जन बिष्ट, मनिष डाँगी, आशिष चौधरी, बिमल घर्ती मगर

Post Comments