News युनिग्लोब फुटसल हुने
गोलनेपाल

काठमाडौं । युनिग्लोब एसएस कलेज, कमलादीको आयोजनामा आगामी असार ७ देखि ९ गतेसम्म युनिग्लोब फुटसल प्रतियोगिता हुने भएको छ । तीन दिने प्रतियोगितामा वर्ष २०७९ मा एसईई दिएर बसेका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने छन् ।

साथै प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक टोलीहरुका लागि यही जेठ ३२ गतेसम्म टिमदर्ता खुला गरिएको आयोजकले जनाएको छ । साथै टिमदर्ता निःशुल्क रहेको पनि आयोजकले जानकारी दियो ।

प्रतियोगितामा विजेता, उपविजेता तथा व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई गरी एक लाख बराबरको पुरस्कार रहेको आयोजकले जनाएको छ ।

Post Comments