News महिला फिफा वरियतामा तल खस्कियो नेपाल
गोलनेपाल

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जुन महिनाका लागि निकालेको फिफा महिला वरियतामा नेपाल एक स्थान तल खस्किदै १०१औं स्थानमा झरेको छ । दक्षिण एसियातर्फ भने नेपाल दोस्रो स्थानमा छ ।

फिफा वरियताको ६०औं स्थानमा उक्लिएको भारत दक्षिण एसियातर्फ शिर्ष स्थान मै यथावत छ । त्यस्तै १४०औं स्थानमा रहेको बंगलादेश दक्षिण एसियातर्फ तेस्रो स्थानमा रहँदा १५४औं स्थानमा रहेको श्रीलंका दक्षिण एसियातर्फ भने चौथो स्थानमा छ । यद्यपि श्रीलंका हाल फिफाको प्रतिवन्धमा पनि छ ।

त्यसैगरी १५७औं मिनटमा रहेको पाकिस्तान दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ । १६०औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियातर्फ छैठौं स्थानमा रहँदा १७१औं स्थानमा उक्लेको भुटान दक्षिण एसियातर्फ पुछारमा छ ।

त्यस्तै विश्व वरियताको शिर्ष स्थानमा अमेरिका यथावत छ भने दोस्रो स्थानमा जर्मनी र तेस्रो स्थानमा स्वीडेन रहेका छन् ।

Post Comments