News च्याम्पियन चर्च ब्वाईजलाई ७५ लाख, अनन्त बने ‘बेष्ट’
गोलनेपाल

काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगको उपाधि जित्न सफल चर्च ब्वाईज युनाइटेडले लिग उपाधिसहित ७५ लाख हात पारेको छ । दोस्रो स्थान हासिल गरेको मच्छिन्द्र फुटबल क्लबले ५० लाख हात पार्दा तेस्रो बनेको नेपाल पुलिस क्लबले २५ लाख प्राप्त गर्यो । फेयर प्ले टिम समेत चुनिएको पुलिसले त्यसवापत थप ३ लाख हात पार्यो ।

त्यस्तै चर्च ब्वाईजका अनन्त तामाङ लिग कै सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले त्यसवापत ३ लाखसहित ट्रफी हात पारे । उदीयमान खेलाडी बनेका थ्रीस्टारका लाकेन लिम्बुले १ लाख ५० हजार प्राप्त गरे ।

चर्च ब्वाईजका प्रिसो उत्कृष्ट गोलरक्षक चुनिए । त्यसवापत उनले २ लाख हात पारे । सर्वाधिक गोलकर्ता बनेका मच्छिन्द्रका ओलावाले आफिजले ट्रफीसहित नगद २ लाख प्राप्त गरे ।

Post Comments