News दोस्रो बी–ब्वाईज कप फुटसल हुने
गोलनेपाल

काठमाडौं । बी–ब्वाईज र बल्खु ब्वाईजको संयुक्त आयोजनामा यही आउँदो असार १५ र १६ गतेका दिन दोस्रो बी–ब्वाईज कप खुला फुटसल प्रतियोगिता हुने भएको छ ।

मदननगर–१४, बल्खु स्थित भिजन नोवा फुटसलमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क १० हजार तोकिएको छ । प्रतियोगितामा बढीमा ३२ टोलीहरुलाई सहभागि गराईने आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि जनही ५–५ हजारसहित ट्रफीको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम रहेको छ ।

Post Comments