News समिपको दुई गोलसँगै आयोजक एभरेष्ट क्वाटरफाइनलमा
गोलनेपाल

चितवन । आयोजक एभरेष्ट क्लब, चितवन यहाँ जारी छैठौं चितवन च्याम्पियनसिप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको अन्तिम प्रिक्वाटरफाइनलमा एभरेष्टले त्रिवेणी युवा क्लब, मुग्लिनलाई शून्यका विरुद्ध २ गोलले हराउँदै अनितम आठमा प्रवेश गरेको हो ।

जुनियर प्रहरी अधिकृत शिक्षालयको खेलमैदानमा भएको खेलमा एभरेष्टका लागि दुवै गोल समिप ढकालले गरे । एभरेष्टको जितमा निर्णायक बनेका समिप ढकाल नै म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत असार ९ गते शनिबारको पहिलो क्वाटरफाइनल खेल अभिषेक चर्च र रडस रामपुरबीच हुने आयोजकले जानकारी दियो ।

एभरेष्ट क्लब, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असार १६ गतेका दिन हुनेछ ।

Post Comments