News साफ यु–१८ महिला च्याम्पियनसिप फाइनल - बंगलादेश विरुद्ध उपाधि जित्ने अवसर
गोलनेपाल

भुटानमा जारी साफ यु–१८ महिला च्याम्पियनसिपतर्फ आज उपाधिका लागि फाइनल भिडन्तमा नेपालले बंगलादेशको सामना गर्दैछ ।

फाइनल प्रवेश गर्ने क्रममा नेपालले दावेदार मानिएको भारतलाई पाखा लगाएको थियो भने बंगलादेशले घरेलु टोली भुटानमाथि सहज जित हात पारेको थियो ।

थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आज हुने फाइनल भिडन्तमा नेपाल र बंगलादेशको यस प्रतियोगितामा दोस्रो भेट पनि हुनेछ । यसअघि प्रतियोगिताको समूह बी तर्फ एकै समूहमा रहेका यी दुई टोलीबीचको भिडन्तमा नेपालले बंगलादेशससँग २–१ को हार बेहोरेको थियो ।

आजको फाइनल भिडन्तमा नेपालसँग बंगलादेशलाई हराउँदै समूह चरणको हारको बदला लिने तथा उपाधि समेत जित्ने सुनौलो अवसर छ । यद्यपि जारी प्रतियोगितामा अपराजित रहेको बंगलादेश पनि उपाधिको दावेदार मानिएको छ र आत्मविश्वासी समेत छ ।

त्यसैले पनि आज नेपाली समय अनुसार ६:४५ मा शुरु हुने निर्णायक भिडन्त कडा प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

Post Comments