News
रोहितको टोली पेर्सिकको नयाँ सिजनमा पहिलो हार (भिडियोसहित)

काठमाडौं । नेपालका चर्चित डिफेन्डर रोहित चन्दको टोली पेर्सिक केदिरीले इण्डोनेसिया लिगा वानतर्फ नयाँ सिजनको पहिलो हार बेहोरेको छ । आइतबार भएको आफ्नो दोस्रो खेलमा पेर्सिकले मदुरा युनाइटेडसँग ३–२ को हार बेहोरेको हो ।
खेलमा मदुराका लागि लुलिन्हा, जाजा र फ्रान्सिस्को रिभेराले गोल गरे भने पेर्सिकका लागि रेनान सिल्वा र रोहित चन्दले गोल गरेका थिए । रोहितले बक्स भित्रबाट गरेको प्रहार क्लब टिममेट योहानेस पहाबोललाई लाग्दै गोलमा परिणत भएको थियो ।
खेलको अन्तिमतिर ८०औं मिनटमा रोहितले मैदान छाडेका थिए । उनको स्थानमा फित्र रिदवानले प्रवेश गरेका थिए । यो नतिजापछि २ खेलबाट १ अंक जोडेको पेर्सिक लिगतालिकाको १४औं स्थानमा छ । उता मदुरा युनाइटेड भने ४ अंकका साथ छैठौं स्थानमा छ ।
पेर्सिकले आफ्नो आगामी खेल शनिबार एरेमा एफसीसँग खेल्नेछ ।
(फाईल तस्विर)
Post Comments