News कर्णाली फुटसल कप हुँदै
गोलनेपाल

काठमाडौं । कर्णाली स्पोर्टस क्लबको आयोजनामा यही असार ३० गतेका दिन कर्णाली फुटसल कप नकआउट फुटसल प्रतियोगिता हुने भएको छ । लुम्बिनी फुटसलमा हुने प्रतियोगिताको तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो ।

प्रतियोगितामा प्रदेश ६ र ७ का टोलीहरुले मात्र सहभागिता जनाउन पाउने छन् । प्रतियोगितामा सहभागिताका लागि टिमदर्ता पनि खुला रहेको आयोजकले जनाएको छ । साथै टिमदर्ता शुल्क ३ हजार तोकिएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविेजेताले १५ हजारसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जानकारी दियो । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments