News ग्याटिश कप फुटसल हुने
गोलनेपाल

धरान । ग्याटिश गाईज फुटबल क्लब, धरानको आयोजनामा यही साउन २९ र ३० गतेका दिन ग्याटिश कप फुटसल प्रतियोगिता हुने भएको छ ।

धरान–१५ स्थित बिग फुट फुटसलमा हुने प्रतियोगिताको साउन २७ गतेसम्म टिमदर्ता खुला गरिएको पनि आयोजकले जानकारी दियो । साथै टिमदर्ता शुल्क ४ हजार तोकिएको पनि आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको छ ।

त्यस्तै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम रहेको छ । साथै प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल गोलनेपालमा प्रत्यक्ष प्रसारण हुनेछ ।

Post Comments