News पिसी क्लब, बेलबास र सिद्धार्थको जित
सुरज राना मगर

तिलोत्तमा । दोस्रो चपरहट्टी कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तरगत शनिबार पिसी क्लब, बेलबास एफसी र सिद्धार्थ क्लबले जित हात पारेका छन् । तिलोत्तमा–१ स्थित सिद्धार्थ खेलमैदानमा भएको पहिलो खेलमा पिसीले जनज्योति फुटबल क्लबलाई ३–० ले हरायो । खेलमा पिसीका रोशन थापा म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो खेलमा बेलबासले लाङ्घाली एफसीलाई ३–१ ले हरायो । खेलमा बेलबासका सुमन थापा म्यान अफ द म्याच घोषित भए । दिनको अन्तिम तथा तेस्रो खेलमा सिद्धार्थ क्लबले एमएफसीलाई टाईब्रेकरमा ४–३ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा सिद्धार्थका गोलरक्षक अनुप राना मगर म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत साउन ७ गते पनि तीन खेलहरु हुने खेल संयोजक देव गुरुङले जानकारी दिए । चपरहट्टी फुटबल क्लब, तिलोत्तमा–१, चपरहट्टीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४१ हजार हात पार्नेछ भने उपविजेताले २१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल साउन २१ गतेका दिन हुने खेल संयोजक देव गुरुङले जानकारी दिए ।

 

Post Comments