गौरीगंगा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालको यु–१६ टोली तयारी पार्न देशव्यापी रुपमा छनौट कार्यक्रम गर्न निर्देशन दिएबमोजिम सुदुरपश्चिमको प्रदेशस्तरीय छनौटबाट २८ खेलाडीहरु छनौट भएका छन् ।
गौरीगंगा नगरपालिका–८, बडैपुर, कैलाली स्थित गौरीगंगा स्पोर्टस क्लबको खेलमैदानमा भएको प्रदेशस्तरीय छनौट कार्यक्रमबाट कैलालीका ९ र बाँकी कञ्चनपुर जिल्लाका यु–१६ खेलाडीहरु अन्तिम चरणका लागि छनौट भएको सुदुरपश्चिम प्रदेश फुटबल संघका महासचिव काशीराम बोहराले जानकारी दिए ।
अन्तिम चरणको छनौट कार्यक्रम यही असोज १६ देखि २० गतेसम्म काठमाडौंमा हुने एन्फाले जानकारी गराईसकेको छ । जहाँ सातै प्रदेशबाट छनौट भएर आएका युवा खेलाडीहरुले अन्तिम चरणका लागि प्रतिस्पर्धा गर्नेछन् ।
आउँदो भदौ १५ देखि २५ गतेसम्म भुटानमा हुन गईरहेको साफ यु–१६ च्याम्पियनसिपतर्फ नेपाल समूह ए मा परेको छ । जहाँ नेपालले साविक विजेता भारतसँगै बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)