News सुदुरपश्चिमबाट २८ जना यु–१६ खेलाडी छनौट (नामावलीसहित)
गोलनेपाल

गौरीगंगा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालको यु–१६ टोली तयारी पार्न देशव्यापी रुपमा छनौट कार्यक्रम गर्न निर्देशन दिएबमोजिम सुदुरपश्चिमको प्रदेशस्तरीय छनौटबाट २८ खेलाडीहरु छनौट भएका छन् ।

गौरीगंगा नगरपालिका–८, बडैपुर, कैलाली स्थित गौरीगंगा स्पोर्टस क्लबको खेलमैदानमा भएको प्रदेशस्तरीय छनौट कार्यक्रमबाट कैलालीका ९ र बाँकी कञ्चनपुर जिल्लाका यु–१६ खेलाडीहरु अन्तिम चरणका लागि छनौट भएको सुदुरपश्चिम प्रदेश फुटबल संघका महासचिव काशीराम बोहराले जानकारी दिए ।

अन्तिम चरणको छनौट कार्यक्रम यही असोज १६ देखि २० गतेसम्म काठमाडौंमा हुने एन्फाले जानकारी गराईसकेको छ । जहाँ सातै प्रदेशबाट छनौट भएर आएका युवा खेलाडीहरुले अन्तिम चरणका लागि प्रतिस्पर्धा गर्नेछन् ।

आउँदो भदौ १५ देखि २५ गतेसम्म भुटानमा हुन गईरहेको साफ यु–१६ च्याम्पियनसिपतर्फ नेपाल समूह ए मा परेको छ । जहाँ नेपालले साविक विजेता भारतसँगै बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

 

Post Comments