News न्यु युथ युनियनलाई दमकडा कपको उपाधि
गोलनेपाल

दमकडा । दमकडा ब्रदर्श फुटबल क्लब, पाल्पाको आयोजनामा सम्पन्न भएको दमकडा कप यु–१८ फुटबल प्रतियोगिताको उपाधि न्यु युथ युनियन क्लबले जितेको छ । फाइनलमा आयोजक दमकडा एफसीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै न्यु युथ यनियन च्याम्पियन बनेको हो ।

तानसेन–९ स्थित दमकडा खेलमैदानमा भएको उपाधि भिडन्तमा न्यु युथ युनियनका लागि निशान पुनले एक मात्र निर्णायक गोल गरे । विजेता बनेको न्यु युथ युनियनले उपाधिसहित नगद १५ हजार हात पार्यो भने उपविजेता दमकडाले नगद ८ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक युथ युनियनका पवन बुचा घोषित भए । उत्कृष्ट डिफेन्डर दमकडाका कृष्ण आचार्य बन्दा उत्कृष्ट मिडफिल्डर दमकडा कै अंकित मसराङ्गी घोषित भए । त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार युथ युनियनका निशान पुनले हात पारे । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी भने युथ युनियनका प्रवेश सुनार घोषित भए ।

गोलनेपाल आधिकारिक मिडिया पार्टनर रहेको प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएको खेल संयोजक आशिष रानाले जानकारी दिए ।

Post Comments