News युनिटी लिगमा हरमटारी र सुर्योदयको जित
गोलनेपाल

गोरखा । प्रत्येक सप्ताहन्तमा यहाँ जारी यु–१६ युनिटी लिगमा शनिबार हरमटारी क्लब र सुर्योदय युवा परिवारले जित हात पारेका छन् । पहिलो खेलमा हरमटारीले अल स्टार क्लबलाई ३–२ ले हरायो ।

हरमटारीको जितमा समिर गुरुङ, तुसार आले मगर र मनोज गुरुङले गोल गरे । पराजित अल स्टारका लागि अभिषेक थापा र विशेष थापा मगरले गोल फर्काएका थिए ।

त्यस्तै दोस्रो खेलमा सुर्योदयले हिल्ली फिल्डर्स गोरखा एफसीलाई २–० ले निराश तुल्यायो । सुर्योदयका लागि अर्विन भुजेल र संगम कुमालले गोल गरे ।

हिल्ली फिल्डर्स गोरखा एफसी, हरमटारी क्लब, सुर्योदय युवा परिवार र अल स्टार क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजार हात पार्नेछ । ओसन स्पोर्टस एण्ड ईभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा जारी प्रतियोगिता ८ सातासम्म चल्ने आयोजकले जनाएको छ ।

Post Comments